Section 14
प्रतिलिपि अधिकार संरक्षणको अवधि
(१) यस ऐन बमोजिम रचयितालाई प्राप्त आर्थिक र नैतिक अधिकार रचयिताको जीवनभर र निजको मृत्यु भएकोमा मृत्यु भएको वर्षबाट पचास वर्षसम्म संरक्षित हुनेछ ।
(२) संयुक्त रुपमा तयार गरिएको रचनाको आर्थिक र नैतिक अधिकारको हकमा रचयिताहरुमध्ये सबैभन्दा पछि मृत्यु हुने रचयिताको मृत्यु भएको वर्षबाट पचास वर्षसम्म संरक्षित हुनेछ ।
(३) दफा ६ को उपदफा (२) को खण्ड (ख) र (ग) बमोजिम तयार गरिएको रचनाको आर्थिक र नैतिक अधिकार त्यस्तो रचना प्रथम पटक प्रकाशन भएको वा प्रथम पटक जनसाधारण समक्ष ल्याइएको मिति मध्ये जुन पहिले आउँछ सो मितिबाट पचास वर्षसम्म संरक्षित हुनेछ ।
(४) बेनामी वा छद्म नामबाट प्रकाशित रचनाको आर्थिक तथा नैतिक अधिकार त्यस्तो रचना प्रथम पटक प्रकाशन भएको वा जनसाधारण समक्ष ल्याइएको मिति मध्ये जुन पहिले आउँछ सो मितिबाट पचास वर्षसम्म संरक्षित हुनेछ ।
तर उल्लिखित समयभित्र रचयिताको नाम प्रकाशनमा आएमा अवस्था हेरी उपदफा (१) वा (५) मा उल्लिखित संरक्षण प्राप्त हुनेछ ।
(५) व्यवहारिक कला सम्बन्धी रचना र फोटोजन्य रचनाको आर्थिक तथा नैतिकअधिकार त्यस्तो रचना तयार भएको वर्षबाट पच्चीस वर्षसम्म संरक्षित हुनेछ ।